लुम्बिनीमा कांग्रेसबाट संस्थापनका ४ मन्त्री बन्दा इतर पक्षबाट १ जना मात्रै

बुधबार, साउन ९, २०८१
Honor 600 pro

दाङ । लुम्बिनी सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम नेपाली कांग्रेसले टुंगो लगाएको छ। कांग्रेसले संस्थापन पक्षका ४ र इतरका १ जनालाई मन्त्री बनाउन लागेको हो। 

लुम्बिनीमा मन्त्री हुने संस्थापन पक्षका जन्मजय तिमिल्सिना, धनेन्द्र कार्की , बादशाह कुर्मी, सरोज थापा (रोज राणा)  र इतरबाट प्रचण्डबिक्रम न्यौपानेको नामको टुंगो लागेको छ।

कांग्रेसले बर्दियाबाट निर्वाचित तिमिल्सिनाको नेतृत्वमा मन्त्रीहरुलाई सरकारमा पठाउन लागेको जनाएको छ।  मन्त्रीमा गुल्मीका कार्की, बाँकेका कुर्मी, प्युठानका राणा र दाङका न्यौपानेको नाम टुंगो लगाएको नेपाली कांग्रेसले जनाएको छ।

तर यता नेपाली कांग्रेस संस्थापन इतर समूहले असन्तुष्टि जनाएको छ। कांग्रेस लुम्बिनी सभापति अमरसिंह पुनले भागबण्डामा एउटा मात्रै मन्त्रालयले दिएको भन्दै आपत्ति जनाएका छन् । 

कांग्रेसबाट मन्त्री बन्न लागेका सबै मन्त्री र नवनियुक्त मुख्यमन्त्रीले आज बिहान प्रदेश प्रमुखको कार्यालयमा शपथ लिने कार्यक्रम रहेको छ।

 

 

 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ०९:१९
प्रतिक्रिया दिनुहोस्