पूर्व राज्यमन्त्री रामचन्द्रको सर्लाहीमा हत्या

सोमबार, साउन ७, २०८१
honor mob  winter sales

जनकपुर। मधेसमा पूूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ। सर्लाहीको चन्द्रनगर गाउँपालिका-१ मा रहेको आफ्नै घरमा राज्यमन्त्री रायको हत्या भएको प्रहरीले जानकारी दिएको छ।

Honor x7 pad

सर्लाही प्रहरीका अनुसार गएराति ८० वर्षीय पूूर्व राज्यमन्त्री रायको अज्ञात समुहले हत्या गरेको हो। ३० वर्षअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट भूूमिव्यवस्था राज्यमन्त्री भएका रायको हत्या भएको खबर पाए लगत्तै प्रहरी घटनास्थल पुगिसकेको जनाएको छ।

हत्या कसले गरेको भन्ने बारेमा अझै केही जानकारी भइ नसकेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ०८:४०
प्रतिक्रिया दिनुहोस्