एमालेका लिला गिरी लुम्बिनीको मुख्यमन्त्री बन्दै

आइतबार, साउन ६, २०८१
Honor 600 pro

दाङ । लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्री नेकपा एमालेबाट लिला गिरी बन्ने भएका छन् ।लुम्बिनीका बर्तमान मुख्यमन्त्री नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा पदमुक्त हुने पक्कापक्की भएपछि गिरी मुख्यमन्त्री हुन लागेका हुन् ।

एमालेका गिरी नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्री बन्न लागेका हुन् । कांग्रेस र एमालेको नयाँ  सत्ता समीकरण अनुसार लुम्बिनीमा एमालेले मुख्यमन्त्री पाउने सहमति अनुसार लुम्बिनी एमाले संंसदीय दलका नेता गिरीलाई मुख्यमन्त्रीमा अगाडि सारिएको हो।

प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीको आह्वान भएपछि गिरीलाई मुख्यमन्त्री बनाउन कांग्रेस र एमालेले संंयुक्त रुपमा दाबी पेस गर्ने तयारी गरिएको छ। आज मुख्यमन्त्री महराले विश्वासको मत लिदैछन।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १४:१८
प्रतिक्रिया दिनुहोस्