प्रेस युनियन बाँकेका कोषाध्यक्ष खड्क खत्रीलाई पितृशोक

आइतबार, साउन ६, २०८१
Honor 600 pro

बाँके । नेपाल प्रेस युनियन बाँकेका कोषाध्यक्ष खड्क खत्रीलाई पितृशोक परेको छ। बाँकेको राप्तीसोनारी-२ शम्शेरगन्ज निवासी कोषाध्यक्ष खत्रीका बुवा कृष्णबहादुर खत्रीको निधन भएको हो।

७९ वर्षीय खत्रीको शनिबार दिउँसो ३ बजे आफ्नै निवासमा निधन भएको हाइवेपोष्ट राष्ट्रिय दैनिकका सन्चालक तथा छोरा खड्कले जानकारी दिएका छन् ।

रुकुममा पूूर्व शिक्षकसमेत रहेका स्व.खत्रीलाई एक असल, सहयोगी र मिलनसार व्यक्तिका रुपमा लिइन्छ। उनी पन्च्यात कालमा नेपाली कांग्रेस युवा संगठनका क्षेत्रीय सदस्यसमेत रहेका थिए।

स्व. खत्रीको निधनप्रति मिनेटखबर परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समबेदना प्रकट गर्दछ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ०८:१५
प्रतिक्रिया दिनुहोस्