नवनियुक्त मन्त्रीहरुलाई भेटे बाँकेका कांग्रेस र एमालेका नेताले, भने यस्तो...

बुधबार, साउन २, २०८१
honor mob  winter sales

काठमाण्डौं । नेपाली कांग्रेस र नेकपा एमाले सम्बद्ध बाँकेको एक टोलीले नवनियुक्त मन्त्रीहरुलाई भेटेर सार्वजनिक सरोकारका विषयमा ध्यानाकर्षण गराएको छ । टोलीले गृह मन्त्री रमेश लेखकलाई भेटेर बधाई ज्ञापन गर्नुका साथै नरैनापुर इलाका प्रशासन कार्यालय पुनः स्थापना तथा भूमि आयोग गठनको लागि ध्यानाकर्षण गराएको हो ।

Honor x7 pad

नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलका अनुसार आजै भूमिसुधार मन्त्री बलराम अधिकारीलाई भेटेर पनि बधाई दिनुका साथै भूमि आयोग गठन गरी सुकुम्बासी, अब्यवस्थित बसोबासी र भूमिहित दलितका समस्या समाधानको लागि तदारुकता देखाउन आग्रह गरिएको छ । यस्तै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्कालाई भेटेर पनि बधाई ज्ञापन गर्दै तटबन्धको लागि ध्यानाकर्षण गराइएको छ । राप्ती नदी र डुडुवा खोलाको जोखिमयुक्त तटीय क्षेत्रमा तटबन्धन गर्न ध्यानाकर्षण गराइएको कांग्रेस सभापति गौडेलले बताए ।

टोलीमा नेकपा एमालेका केन्द्रिय सदस्य एवम् बाँके क्षेत्र नम्बर १ का सांसद सूर्य ढकाल, नेपाली कांग्रेस बाँकेका सभापति गौडेल, एमाले बाँकेका अध्यक्ष निरक गुरुंग, एमाले उपाध्यक्ष एवम् लुम्बिनी प्रदेशका सांसद रत्न खत्री, कांग्रेस बाँकेका प्रबक्ता डिल्ली गिरी, कांग्रेस कोहलपुर नगर सभापति विरेन्द्र कुमार शाह, एमाले नेपालगञ्ज नगर अध्यक्ष मोहित शाह लगायत थिए ।

कांग्रेस प्रबक्ता गिरीका अनुसार उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंह, परराष्ट मन्त्री आरजु राणा देउबा, कृषि मन्त्री रामनाथ अधिकारी, सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुंग, कानुन मन्त्री अजय चौरसिया, पर्यटन मन्त्री बद्रि पाण्डे, स्वास्थ्य मन्त्री प्रदिप पौडेल, खेलकुद मन्त्री तेजुलाल चौधरी, वन मन्त्री ऐन बहादुर शाहीलाई पनि भेटर बधाई ज्ञापन गर्नुका साथै सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  २२:१६
प्रतिक्रिया दिनुहोस्