सशस्त्र प्रहरीद्वारा बुटवलको तिनाउ र दानव नदीको बाढीमा फसेका २ जनाको सकुशल उद्धार

मंगलबार, साउन ९, २०८०
honor mob  winter sales

रुपन्देही । सशस्त्र प्रहरीले रुपन्देहीबाट नदीमा आएको बाढीमा फसेका दुई जनालाई सकुशल उद्दार गरेको छ।

Honor x7 pad

सशस्त्र प्रहरी बल नं. २७ गण रुपन्देही बुटवलस्थित  तिनाउ नदीमा दाउरा खोज्न गएका  र दानव नदीमा माछा मार्न गएका दुई जनालाई बाढीमा फसेको अवस्थामा सशस्त्र प्रहरीको विपद टोलीले आज सकुशल उद्दार गरेको हो।

सशस्त्र प्रहरीद्वारा उद्दार गरिएका व्यक्ति 

बुटवल ११ मजुवास्थित तिनाउ नदीको बीचमा दाउरा खोज्न गएका पाखापानीका मिनबहादुर गाहा र दानव नदीमा फसेका बुटवल-१४ कैलाशनगरका जनक घर्तीलाई सशस्त्र प्रहरीले उद्दार गरेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ।

सो क्षेत्रमा बाढीको समयमा सबैलाई सावधानी अपनाउन  प्रशासन कार्यालयले अनुरोध गरेको छ।

सशस्त्र प्रहरीले उद्दार गरेको छोरालाई अंगालो मार्दै आमा 

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  २२:२१
प्रतिक्रिया दिनुहोस्