असार २३ गतेदेखि कनचनपुरमा नदीमा बेपत्ता भएका डम्मर अझै भेटिएनन्

बिहीबार, असार २७, २०८१
Honor 600 pro

कन्चनपुर। कन्चनपुरमा चौधर नदीमा आएको बाढीमा बेपत्ता भएका २३ वर्षीय डम्मर चौधरी अझै फेला परेका छैनन् । जिल्लाको  बेलडाँडी गाउँपालिका- का २३ वर्षीय डम्मर नदीमा बेपत्ता भएर विगत ४ दिनदेखि हराइरहेका छन् ।

बेपत्ता भएको खबर पाए लगत्तै सुरक्षा फौजले खोजीकार्य जारी राखेता पनि हालसम्म उनको कुनै अत्तोपत्तो नभएको कन्चनपुर प्रहरीले जानकारी दिएको छ।

भारतीय सीमा नजिक रहेको नदीमा बेपत्ता भएको हुँदा उनलाई बगाएर भारत लगेको हुन सक्ने अनुमान गरिएको छ।

यता प्रहरी र सशस्त्र प्रहरीले उनको खोजी राखेको छ । डम्मर असार २३ दिउँसो पौने ४ बजेदेखि चौधर नदीको बाढीमा बेपत्ता भएका हुन् । बेपत्ता डम्मरका परिवारले छोराको खोजी गरिदिन आग्रह गरेको छ।

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १५:०१
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह