अर्जुनखोला जंगलमा भालुको आक्रमण एक महिला गम्भीर घाइते, सशस्त्र प्रहरीले उद्धार गरेर अस्पताल पुर्यायो

बिहीबार, असार २७, २०८१
Honor 600 pro

लमही । दाङको लमहीको अर्जुन खोला जङ्गलमा जंगली भालुको आक्रमण एक महिला गम्भीर घाइते भएकी छिन् । आज बिहानै अर्जुनखोला नजिकको पश्चिम् तिरको जंगलमा भालुको आक्रमण गम्भीर घाइते महिलाको सशस्त्र प्रहरीले उद्धार गरेको हो।

जंगलको बाटोमा हिडिरहेकी देउपुरकी एक ४७वर्षीया महिलालाई भालुले आक्रमण गरेपछि ती महिला भालुसँँग लडेर गम्भीर घाइते अवस्थामा अर्जुनखोलास्थित  सशस्त्र प्रहरी बल नंं.४१ रिजर्भ गणको गेटसम्म आएकी थिइन्।

सशस्त्र प्रहरीले ढिला नगरी तत्कालै ती महिलालाई सशस्त्र प्रहरीको गाडीमा राखेर लमही अस्पताल पुर्याएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। 

सशस्त्र प्रहरीको नंं.४१ रिजर्भ गणका अनुसार भालुसँँग लडेर बाँच्न सफल भएर गेटमा आएकी ती महिलाको अवस्था निकै गम्भीर अवस्था छ। उनको लमहीमा उपचार सम्भव नभएपछि रिफर गरेर बुटवल लगिएको छ।

 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १०:३०
प्रतिक्रिया दिनुहोस्