सशस्त्र प्रहरीले फेला पार्यो दाङको राप्ती नदीमा बेपत्ता भएका दुबै जनाको शव (फोटोफिचरसहित)

आइतबार, असार २३, २०८१
honor २२ sept

दाङ । दाङको शनिबारदेखि राप्ती नदीको बाढीको भेलमा परेर बेपत्ता भएका दुई जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ। 

X7D

शनिबार बिहन दाङको देउखुरीस्थित राप्ती नदीको भेलले बगाउँदा दूध बिक्री गरेर फर्किरहेका राजपुर गाउँपालिका-२ का १ वर्षीय राजकुमार यादवको शव आज बिहान ८ बजे हस्नापुर घाटको केहीपर पश्चिमतर्फको बगरमा फेला पारेको लुम्बिनीस्थित विन्द्याबासिनी बाहिनीका प्रमुख डीआईजी अभि खत्रीले जानकारी दिएका छन् ।

त्यस्तै शनिबार बिहान ११ बजे तरकारी टिप्न खेतमा जाने क्रममा राप्तीको भेलले बगाउँदा बेपत्ता भएका लमही-नयाँबस्तीका ६२ वर्षीय मणि चौधरीको शवलाई पनि आज बिहान ९ बजेतिर सशस्त्र प्रहरी बल नंं.४१ रिजर्भ गण अर्जुनखोलाबाट उद्धार तथा खोज तलासमा गएको सशस्त्र प्रहरी निरीक्षक वीरेन्द्र जिसीको कमान्डको टोलीले फेला पारेको डीआईजी खत्रीले बताए।

राजकुमारको शवलाई पनि सोही गणबाट गएको सशस्त्र प्रहरी निरीक्षक जिसीको टोलीले फेला पारेको थियो। चौधरीको शव घटनास्थल भन्दा ५ सय मिटर पश्चिममा गिधनियाघाटमा फेला परेको हो।

सशस्त्र प्रहरीले शनिबार नै मृतक राजकुमार अन्य दुई साथी राजपुर-२ कै ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवलाई सकुशल उद्धार गरेको डीआईजी खत्रीले जानकारी दिएका छन। सशस्त्र प्रहरी त्यहा पुग्नुअघि नै राजकुमार बेपत्ता भइसकेका थिए। सशस्त्र प्रहरीले उद्धार गरेका दुई जना रुखमा चढेर हारगुहार गरेपछि खबर पाए लगत्तै सशस्त्र प्रहरीको लमहीस्थित रिजर्भ गणबाट गएको सशस्त्र प्रहरी निरीक्षकको टोलीले उद्धार गरेको हो।

फोटोहरु-

 

 

 

 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्