कपिलवस्तुबाट ३७ लाख बढीको लत्ताकपडासहित ४ वटा मोटरसाइकल नियन्त्रणमा

मंगलबार, साउन ९, २०८०
honor mob  winter sales

कपिलवस्तु । कपिलवस्तुबाट सशस्त्र प्रहरीले ३७ लाख बढीको अवैध लत्ताकपडा बरामद गरेको छ। 

Honor x7 pad

कपिलवस्तुस्थित सशस्त्र प्रहरी बल नं. २८ गण मातहतको प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरले आज बिहान  ३७ लाख २० हजार रुपैयाँ बराबरको अवैध  लत्ताकपडासहित चार वटा मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीको टोलीले विजयनगर गाउँपालिका-१ जवाबैराठ जंगलमा बेवारिसे अवस्थामा राखिएका अवैध लत्ताकपडासहित चार वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल बरामद गरेको हो।

सशस्त्र प्रहरीले बरामद गरिएको ३७ लाख बढीका लत्ताकपडासहित मोटरसाइकललाई आबश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय कपिलवस्तुमा बुझाएइको जनाएको छ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्