नारायणीको बाढीको भंगालोमा फसेका दुई जनाको उद्धार गर्यो सशस्त्र प्रहरीको गोताखोरले

आइतबार, असार २३, २०८१
honor mob  winter sales

गैंडाकोट। सशस्त्र प्रहरीको गोताखोरको टोलीले नारायणी नदीको बाढीको भंंगालोमा  फसेका दुई जना मछुवारको सकुशल उद्धार गरेको छ। एक जना भने पौडिएर आफैं नदीबाट निस्किएका छन् ।

Honor x7 pad

राष्ट्र र जनताको सेवामा समर्पित सशस्त्र प्रहरी बलको विपद् शिक्षालय कुरिनटारबाट गएको गोताखोरको टोलीले गएराति नारायणी नदीको बाढीको भंंगालोमा फसेका गैंडाकोट नगरपालिका-५ का ५० वर्षीय ओमबहादुर गुरुङ र ४२ वर्षीय खुमबहादुर गुरुङको सकुशल उद्धार गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ। एक जना ३५ वर्षीय रमेश बोटे भने पौडीएर नदीबाट बाहिर आएका हुन् ।

सशस्त्र प्रहरीले गैंडाकोट नगरपालिका-६ स्थित नारायणी नदीमा माछा मार्दै गरेका दुई जना बाढीको भंंगालोमा फसेको खबर पाए लगत्तै उद्धारका लागि आएको सशस्त्र प्रहरीको नंं. ३१ गुल्म पूूर्वी नवलपरासीको टोलीले उनीहरुको उद्धार गर्न नसकेपछि कुरिनटारबाट गोताखोर बोलाइएको थियो।

नारायणीको भंंगालोमा फसेका उनीहरु दुई जनालाई कुरिनटारबाट आएको गोताखोरको टोलीले ५ घण्टा लगाएर राति सवा १० बजे उनीहरुको उद्धार गर्न सफल भएको सशस्त्र प्रहरी बलले जनाएको छ।

 

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १०:२५
प्रतिक्रिया दिनुहोस्