केपी ओलीको सुरक्षामा खटिएका सशस्त्रका इन्स्पेक्टर उमेश थापाको मृत्यु

शनिबार, असार २२, २०८१
honor mob  winter sales

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा खटिएका  इन्स्पेक्टर उमेश थापाको मृत्यु भएको छ।

Honor x7 pad

सशस्त्र प्रहरी बलका इन्स्पेक्टर ४२ वर्षीय थापा भक्तपुरको सुर्यविनायक नगरपालिका-९ गुण्डुस्थित आफ्नै घरमा सुतेका उनलाई परिवारले गएरातिनै अस्पताल पुर्याएका थिए।

उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी बलले जनाएको छ।  उनलाई हृदयघात भएको हुनसक्ने बताइएको छ।

जगाती प्रहरी वृत्तले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ भने इन्स्पेक्टर थापाको शवलाई पोष्टमार्टम गरेर आजै अन्तिम संस्कार गरिने सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।

 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १३:५४
प्रतिक्रिया दिनुहोस्