राप्ती नदीमा आएको बाढीले दाङमा एकजना बेपत्ता,राप्तीबाट दुईको सशस्त्रद्वारा सकुशल उद्धार

शनिबार, असार २२, २०८१
Honor 600 pro

दाङ । दाङको लमहीको वडा नंं. ७ हस्नापुरमा राप्ती नदीमा आएको बाढीले एक जनालाई बेपत्ता बनाएको छ। सोही बाढीमा फसेका अन्य दुई जनलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

आज बिहान लमहीमा दुध बिक्री गर्न गएका राजपुर गाउँपालिका-२  का १८ वर्षीय राजकुमार यादव घर फर्किने क्रममा राप्ती नदीको बाढीले बेपत्ता बनाएको दाङ प्रहरीले जानकारी दिएको छ।

तीनै जना सँँगै दूध बिक्री गरेर फर्किने क्रममा राप्ती नदीको बाढीमा फसेका थिए। उनीहरुलाई सशस्त्र प्रहरी नंं.४१ रिजर्भ गण अर्जुनखोलाबाट गएको टोलीले उद्धार गरेको सशस्त्र प्रहरी बल नंं.५ विन्धावासिनी बाहिनीका डीआईजी अभि खत्रीले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरीको टोलीले राजपुर-२ कै ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवलाई उद्धार गरेको डीआईजी खत्रीले बताए। तर सशस्त्र प्रहरी पुग्नुअघी नै राजकुमार बेपत्ता भइसकेका थिए।

 

 

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  ११:४०
प्रतिक्रिया दिनुहोस्