एसईईमा सतप्रतिशत नतिजा ल्याएको दाङको 'दिब्यज्योति' ले गर्‍यो विद्यार्थीहरुको विदाई

शुक्रबार, असार २१, २०८१
honor mob  winter sales

नेपालगञ्ज । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ कचिलास्थित दिब्यज्योति इंग्लिश बोर्डिङ स्कूलले एसईईमा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै विदाई गरेको छ । आज एक कार्यक्रमका बीच २०८० सालको एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्दै विदाई गरिएको हो ।

Honor x7 pad

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् सञ्चालक समिति सदस्य शक्ति कुमार शर्माको सभापतित्व एवम् एसईईमा उत्कृष्ट जिपिए प्राप्त गरेकी प्रमिला चौधरीका बुवा विष्णु चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 

विद्यालयकी शिक्षक एवम् पूर्व प्रधानाध्यापक इन्दिरा शर्माको स्वागत मन्तब्य रहेको कार्यक्रममा सञ्चालक समिति अध्यक्ष शंकर गिरी, संस्थापक प्रधानाध्यापक एवम् सञ्चालक सदस्य प्रकाश डाँगी, प्याब्सन दाङका अध्यक्ष मधुुुसुदन केसी, विद्यालय व्यवस्थापन समिति सदस्य रोबर सिंह ढकाल डिभाइन टेम्पलका शिक्षक जीवन लामिछाने, विद्यालयका शिक्षक एवम् पूर्व प्रधानाध्यापक मनोज कुमार आचार्य तथा एसईई उत्तीर्ण विद्यार्थीका तर्फबाट प्रविण न्यौपानेले मन्तब्य ब्यक्त गरेका थिए।

कार्यक्रममा बोल्ने बक्ताहरुले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको लागि शुभकामना दिएका छन् ।  कार्यक्रमको सहजीकरण शिक्षक एवम् पूर्व प्रधानाध्यापक विनोद कुमार बस्नेतले गरेका थिए । एसईईमा निरन्तर उत्कृष्ट नतिजा ल्याइरहेको दिव्यज्योतिले यस बर्ष पनि सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ । विद्यालयका प्रधानाध्यापक रोशन गिरीका अनुसार ५२ जनाले एसईई दिएकोमा ३२ जनाले ३.६ देखि ४ जिपिए, १९ जनाले ३.२ देखि ३.५९ जिपिए तथा १ जनाले ३.१ जिपिए प्राप्त गरेका छन्।   

 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १८:५०
प्रतिक्रिया दिनुहोस्