करोडौं रुपैयाँ हिनामिना गरेको आरोपमा आइडियल यमुना सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ

बुधबार, असार १९, २०८१
Honor 600 pro

काठमाडौं । आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेती ८ अर्ब रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका छन् ।

३० हजारभन्दा बढी बचतकर्ताको ८ अर्ब रुपैयाँ बचत रहेको आइडियल यमुना हाम्रो सहकारी संस्था अध्यक्ष उप्रेती विरुद्ध ६५ जना बचतकर्ताले १० करोड रुपैयाँ बढी बचत रकम हिनामिना गरेको जाहेरीका आधारमा आज उनलाई  बालाजुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीले पक्राउ परेका अध्यक्ष उप्रेतीलाई महाराजगन्ज प्रहरी वृतमा राखेर थप अनुसन्धान सुरु गरेको काठमाडौं प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  २२:११
प्रतिक्रिया दिनुहोस्