सशस्त्र प्रहरीले दुई भारतीय युवकलाई नियन्त्रणमा लिँदै बरामद गर्‍यो ठुलो परिमाणमा लागुऔषध

बुधबार, असार १९, २०८१
honor mob  winter sales

रौतहट। सशस्त्र प्रहरीले रौतहटबाट दुई भारतीय युवकलाई नियन्त्रणमा लिदै ठुलो परिमाणमा लागुऔषध बरामद गरेको छ।

Honor x7 pad

सशस्त्र प्रहरी बल नंं ११ गण रौतहटले लागुऔषधसहित पक्राउ गरेकोहरुमा भारतको बिहार जिल्ला सीतामढीस्थित बखरीका २० वर्षीय रोशन कुमार र सोही स्थानकै १८ वर्षीय अमीत कुमार रहेका हुन् ।

रौतहटस्थित सशस्त्र प्रहरीले विशेष सूचना पाएर गरेको चेकजाँच मा गएराति गौरबाट चन्द्रनिगाहपुर जाँदै गरेको ना१ज ७१०९ नम्बरको म्याजिक भ्यानमा सवार दुई युवकले सिट मुनि लुकाएर ल्याइएको अवस्थामा प्रतिबन्धित लागुऔषध नोरफिन इन्जेक्सन २९९ थान एमपुल, प्रोमेथाजिन इन्जेक्सन २९९ एमपुल र डाईजीपाम ३०० एमपुल गरी कुल ८९८ थान नशालु इन्जेक्सन बरामद गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

सशस्त्र प्रहरीले बरामद गरिएको सबै लागुऔषध र पक्राउ परेका दुई भारतीय युवकलाई आबश्यक कारबाहीका जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाएको जानकारी दिएको छ। 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, असार १९, २०८१  ११:०६
प्रतिक्रिया दिनुहोस्