सल्यानमा शिक्षकको कुटाइबाट विद्यार्थी घाइते

सोमबार, असार १७, २०८१
Honor 600 pro

सल्यान । सल्यानमा एक शिक्षकले  घाइते हुनेगरि विद्यार्थीलाई कुटेेका छन् ।जिल्लास्थित त्रिवेणी गाउँपालिका-६ लुहाममाको बल्यान पब्लिक स्कुलको कक्षा ६ मा पढ्नेे अरुण विकलाई शिक्षक चन्द्रबहादुर डाँँगीले घाइते हुने गरी कुटेका हुन् ।

कक्षा चलिरहेकै बेला अरुण खेलेको भन्दै शिक्षक चन्द्रबहादुरले फलामको स्केलले टाउकोमा हान्दा अरुण घाइते भएका हुन् । टाउकोको चोट लागेर घाइते भएका अरुणलाई स्थानीय मेडिकलला लगिएपनि त्यहाँ टाँका लगाउने सामाग्रीको अभावले जिल्ला अस्पताल त्रिवेणी लगिएको त्रिवेणी गाउँपालिकाले जनाएको छ।

आइतबार नै यस घटनाबारेमा गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले प्रहरीलाई जानकारी गराएर बुझ्न भनिसकेको गाउँपालिका जानकारी दिएको छ।

गाउँपालिका अध्यक्ष रावतले भने- "स्कुलले पहिला खबर गरेन, पछि ढिलो जानकारी आउँदा ढाडमा हान्न खोज्दा अन्तै लागेको भनेर स्कुलले मलाई भन्यो।" यसरी स्कुलमा बालमैत्री बाताबरण हुनुपर्नेमा विद्यार्थीलाई कुट्नेे व्यवहार राम्रो नभएको अध्यक्षले बताए। त्यस्तो गलत कार्य गर्ने शिक्षकको गल्ती नलुकाएर उनलाई कानुनी कारबाहीको प्रक्रियामा लैजाने उनले बताए। 

तर यता आफ्ना शिक्षकलाई बचाउन आज अभिभावक, स्कुल प्रशासन र स्थानीयबीच छलफल गरेर समाधान खोज्न स्कुलले बैठक बोलाएको छ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ११:३४
प्रतिक्रिया दिनुहोस्