सशस्त्रका असई थमन विकको हत्या प्रकरणमा फरार पूर्व सांसद कौशल पक्राउ

आइतबार, असार १६, २०८१
honor mob  winter sales

धनुषा । महोत्तरीमा हत्या भएका सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोगमा सजाय सुनाइएका मधेसका पूूर्व सांंसद कौशल यादवलाई प्रहरीले पक्राउ गरेको छ।

Honor x7 pad

वि.संं. २०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा महोत्तरीमा हत्या गरिएका बाँके घर भएका सशस्त्रका असईको हत्या अभियोगमा जेल सजाय पएर फरार रहेका यादवलाई शनिबार राति पमहोत्तरी प्रहरीले जिल्लाको साम्सी गाउँपालिका-५ पोखरीभण्डाबाट पक्राउ गरेको हो।

पूूर्व सांंसद यादवलाई आज जिल्ला अदालत पेस गरिएको छ। यसअघि २०७४ मातत्कालीन  संंघीय समाजवादी फोरम महोत्तरी क्षेत्र नम्बर ४ (क) बाट चुनाब लडेर निर्वाचित भएका उनलाई जसपाले २०७९ को निर्वाचन अगाडि नै पार्टीबाट निकाला गरेको थियो।

जसपाले  २०७९ को निर्वाचनमा अगाडि उनलाई निष्कासन गरेपछि उनी लोसपाबाट चुनाव लडेपनि पराजित भएका थिए। यादव अदालतमा मुद्दा चलिरहेका बेलामा फरार रहेका थिए।

असई थमन विकको हत्या अभियोगमा गत मंसिर २८ मा मधेसका लोसपा संंसदीय दलका नेता अभिराम शर्मासहित ७ जनलाई जन्मकैदको सजाय सुनाएको थियो।

उक्त घटनामा नेकपा एमालेका प्रतिनिधि  सभा सदस्य लक्ष्मी महतो कोइरी र थुनामा रहेका पवन काफ्लेले भने सफाइ पाएका हुन् ।

 

 

 

 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १६:१५
प्रतिक्रिया दिनुहोस्