करोडौं रुपैयाँ ठगी गरेका लालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ, प्रहरीद्वारा सार्वजनिक

आइतबार, असार १६, २०८१
Honor 600 pro

काठमाडौं । रकम अपचलन मुद्धामा पक्राउ परेका ललितपुरस्थित लागीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ।

बचतकर्ताको करोडौं रुपैया अपचलन गरेका ललितपुर-३ पुल्चोकमा रहेको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी,कोषाध्यक्ष अमृतकुमार अर्याल र सहकारीका सदस्य कदमबाबा प्रधानलाई पक्राउ गरेर आज सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार सहकारीका अध्यक्षसहित उनीहरूले बचतकर्तालाई आकर्षक ब्याज दिने, चाहिएको बेला बचत झिक्न पाइने विश्वास दिलाइ बचतकर्ताहरूलाई हानि नोक्सानी पुर्‍याइ, सञ्चालकहरूलाई लाभ दिएको  अनुसन्धानमा खुल्न आएको छ।

यस सहकारीमा २२ हजार बचतकर्ता हुँदा जम्मा निक्षेप ६ अर्ब ३० करोड रुपैयाँ रहेको छ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १४:१६
प्रतिक्रिया दिनुहोस्