सिङ्गो गाउँपालिकाबाट एसईईमा एक जनामात्रै पास

शनिबार, असार १५, २०८१
honor mob  winter sales

दाङ ।दाङको राजपुर गाउँपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसइई )मा एक जना मात्रै विद्यार्थी उत्तीर्ण भएका छन्।

Honor x7 pad

पालिकाभित्र रहेका आठ  माध्यमिक विद्यालयका २५० जना विद्यार्थीले एसइई परीक्षा दिएकोमा एक जना मात्रै उत्तीर्ण भएका छन्।

राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतिदेवी यादवका साधारण नमूना माध्यमिक विद्यालय गङ्गदीबाट गेहेन्द्र यादव मात्रै उत्तीर्ण भएका छन्।

उनले ‘बी प्लस’ ग्रेड ल्याएका छन् । सोही विद्यालयबाट ८५ जनाले परीक्षामा सहभागी थिए। 

सोही पालिकाबाट  जनज्योति माध्यमिक विद्यालय बेलाबाट ५६ , शंकर मावि खरदरियाबाट ४५ ,   माध्यमिक विद्यालय दुलैयाबाट नौ ,  बालकल्याण मावि खंग्रानाकाबाट १० जनाले एसइई परीक्षा सहभागी थिए ।   

माध्यमिक विद्यालय सिक्टाबाट ३०,  गौरीशंकर मावि भैसाहीनाकाबाट ९ जना, शिवशक्ति मावि भौवानाकाबाट छ जनाले एसइई दिएका थिए।

यी सबै विद्यालयबाट शून्य नतिजा आएको छ। शिक्षामा लगानी गरे पनि त्यो अनुसारको नतिजा नआउँदा आफू दुःखी भएको पालिकाका उपाध्यक्ष यादवले बताए।

‘हामीले शिक्षामा धेरै लगानी गर्‍यौं,’ उनले भने, ‘तर, लगानी अनुसारको नतिजा दिन सकेनौं।’ आठ वटै विद्यालय सामुदायिक हुन्।

३५० विद्यार्थीले परीक्षा दिएकोमा बङ्गलाचुली गाउँपालिकाबाट १३ जना मात्रै उत्तीर्ण भएका छन्।रासस।

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १४:१३
प्रतिक्रिया दिनुहोस्