सिधाकुरा डटकमका सन्चालकसहित ३ जना विरुद्ध साइबर क्राइममा मुद्दा दायर

शुक्रबार, असार १४, २०८१
Honor 600 pro

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालयले सिधाकुरा डटकमका सन्चालक युवराज कँँडेलविरुद्ध जिल्ला अदालत काठमाडौंमा साइबर क्राइम र अपमानजनक व्यवहारसम्बन्धि कसुरमा अभियोग पत्र दायर गरेको छ।

सरकारी वकिल कार्यालयले सन्चालक कँँडेलसहित  सिधाकुराले प्रसारण गरेको 'द डार्क फाइल' मा प्रसारण भएको अडियो उपलब्ध गराउने ललितपुरका राजकुमार तिमिल्सिना र सिधाकुराका कार्यकारी सम्पादक नवीन ढुंगानालाई विपक्षी बनाउँदै जिल्ला अदालतमा आज मुद्दा दायर गरेको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको परिक्षणमा सिधाकुराले प्रसारण गरेको अडियो झुटो भएको निष्कर्ष निकालिसकेको छ। 

सीआईबीको निष्कर्षमा राजकुमारले बनाएको अप्रमाणित अडियो क्लिपलाई सिधाकुराले कुनै सत्यता नबुझेर प्रसारण गरेको पाइएको हो।

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १९:३६
प्रतिक्रिया दिनुहोस्