अर्जुनधाराको ग्यारेजमा आगलागी, ग्यारेज जलेर नष्ट

आइतबार, असार ९, २०८१
Honor 600 pro

झापा। झापास्थित अर्जुनधाराको एक ग्यारेजमा आगलागी भएको छ। आज बिहान जिल्लाको अर्जुनधारा नगरपालिका-११ नयाँ बसपार्कस्थित पदम बडीले निर्माण गरेको ग्यारेजमा आगलागी भएको झापा प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार विद्युत सर्ट भएर ग्यारेजमा आगलागी भएको हो। आगलागीबाट ग्यारेज भित्र रहेका पाटपुर्जाका साथै ग्यारेजको टहरा पूूर्ण रुपले जलेर नष्ट हुँदा ९ लाख रुपैयाँ बराबरको क्षति भएको झापा प्रहरीले जनाएको छ।

आगलागी अहिले पूूर्ण रुपमा नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।

 

 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्