मकवानपुर ट्रक दुर्घटना अपडेट: तीन जनाको मृत्यु

शनिबार, असार २३, २०८०
honor mob  winter sales

हेटौंडा ।  मकवानपुरमा दुईवटा ट्रक ठोक्किँएर  आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ।

Honor x7 pad

मनहरी गाउँपालिकामा -६ नयाँ बस्तीको डिपाट गाउँस्थित पूर्वपश्चिम राजमार्गमा आज  बिहान  पौने २ बजे विपरीत दिशाबाट आएका दुईवटा ट्रक ठोक्किएर दुर्घटना दुईवटै ट्रक जल्दा ट्रकमा सवार  तीन  जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार  मृत्यु हुनेमा ना६ख ६६६७ नं. को ट्रक चालक  चितवन राप्ति ननगरपालिका-८ का २८ वर्षीय रिहान रुम्बा तामाङ, सहचालक गोरखा गण्डकी गाउँपालिका-२ गोर्दीटारका २१ वर्षीय सुमन चेपाङ र ना६ख ६३१ नंको ट्रक सहचालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका-३ बस्ने वर्ष २० को अमृत प्रजा रहेका  छन् ।

प्रहरीका अनुसार हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना.६ ख ६६६७ नम्बरको ट्रक र पश्चिम् तर्फबाट जादै  गरेको ना.६ ख ६३१ नम्बरको ट्रक एक आपसमा ठक्किएर खाएर दुर्घटना भएको हो। दुईवटै ट्रक जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।

प्रहरीले दुर्घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

 

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  ०९:५९
प्रतिक्रिया दिनुहोस्