कोशी सरकारले ल्यायो ३५ अर्ब २७ करोडको बजेट

शनिबार, असार १, २०८१
honor mob  winter sales

विराटनगर । आर्थिक वर्ष २०८१-०८२ का लागि कोशी  सरकारले  ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आज प्रदेश सभाको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सो बराबरको बजेट प्रस्तुत गरेका हुन्  । 

Honor x7 pad

त्यसमध्ये, पूँजीगततर्फ १६ अर्ब २० करोड २० लाख र चालूतर्फ १४ अर्ब ४७ करोड २३ लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै, वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ५८ करोड ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ। वित्तीय व्यवस्थाका लागि यो वर्ष २ करोड छुट्याइएको छ ।  

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ४ अर्ब ९८ करोड रुपैयाँ, चालू आवको खर्च नभई बाँकी रहन जाने अनुमानित ३ अर्ब २५ करोड रुपैयाँ, संघीय सरकारबाट राजस्व बाँडफाँड बापत प्राप्त १२ अर्ब ४० करोड ८ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। 

त्यसैगरी बजेटमा वित्तीय समानीकरण अनुदानबाट प्राप्त ८ अर्ब ९४ करोड ३२ लाख रुपैयाँ र सशर्त अनुदानबाट ४ अर्ब १६ करोड ४३ लाख रुपैयाँ तथा नेपाल सरकारबाट प्राप्त हुने समपूरक अनुदान बापत ६५ करोड ५० लाख रुपैयाँ र विशेष अनुदान बापत ७८ करोड १ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। साथै, वैदेशिक सहायताबाट सञ्चालित कार्यक्रम तथा आयोजना कार्यान्वयनका लागि १० करोड ५९ लाख रुपैयाँ स्रोत परिचालन हुने बजेटमा जनाइएको छ। 

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रानाले आगामी वर्ष प्रदेशमा लगानी भित्याउनको लागि लगानी सम्मेलन गर्ने बताए । उक्त कार्यको लागि ३ करोड बजेट विनियोजन समेत गरिएको छ ।

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १७:५७
प्रतिक्रिया दिनुहोस्