तुलसीपुरको टरिगाउँ विमानस्थलको स्तरोन्नतिका लागि पर्याप्त बजेट छुट्टयाउन सांसद गिरीको माग

शुक्रबार, जेठ ३२, २०८१
honor mob  winter sales

काठमाडौं । नेपाली कांग्रेस दाङका सांसद दीपक गिरीले टरिगाउँ विमानस्थ्लको स्तरोन्नतीका लागि पर्याप्त बजेट छुट्याउन माग गरेका छन् ।

Honor x7 pad

संघीय संसदको प्रतिनिधिसभामा शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमाथिको बजेट छलफलमा सहभागि हुँदै आफूले पटक पटक विमानस्थलको स्तरोन्नतीको कुरा उठाएको बताए ।
तर, अहिलेसम्म पनि सरकारले बार्षिक बजेटमा समेटे पनि रकम विनियोजनमा भने कन्जुस्याई गरेको बताए ।
उनले भने ‘मैले यो सदनमा दाङ्गको टरिगाउँ विमानस्थलको स्तरोन्नति गरियोस भन्ने माग पटक पटक राख्दै आएको छु ।

आगामी वर्षको बजेट वक्तव्यमा दाङ्गको टरिगाउँ विमानस्थलको स्तरोन्नति गर्न बजेट छुट्याइने भन्ने उल्लेख भएकोमा म नेपाल सरकार तथा अर्थ मंत्रीजी लाई धन्यवाद दिन चाहन्छु ।  तर मेरो एउटा अनुरोध पनि छ – हात्तीको मुखमा जीरा हुने किसिमले बजेट न छुट्याइयोस् ।   कम्तीमा जागा अधिग्रहण गर्न र  स्तरोन्नति गर्न पुग्ने गरी बजेट छुट्याइयोस् ।’

यसैगरी सांसद गिरीले नेपाली जहाजहरुलाई युरोपेली संघ (इयु) ले अहिले पनि कालो सूचीमा राखेको  कुराको विषयलाई सरकारको ध्यानाकर्षण पनि गराए । उनले  एक दशकबढी देखि यो सूचीमा पर्दा नेपालको पर्यटनको प्रचार प्रसारमा पनि प्रतिकुल असर परिरहेको बताउँदै नेपालमा हवाई दुर्घटनाको दर कम गर्न पहाडका विमानस्थलमा आवश्यक प्राविधिक उपकरणमा लगानी गर्दै प्रविधिमैत्री बनाएर हवाई सुरक्षा मापदण्ड कार्यान्वयनका विषयमा सरकारले प्रभावकारी कदम चाल्न पनि आग्रह गरे ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  २०:१३
प्रतिक्रिया दिनुहोस्