विपद् उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरी जवानको मृत्यु

सोमबार, जेठ २८, २०८१
honor mob  winter sales

बझाङ । विपद् उद्दार अभ्यासका क्रममा एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ। बझाङमा प्राकृतिक विपद् सम्बन्धित उद्दारको नमुना अभ्यास गर्ने क्रममा बेहोस भएका २९ वर्षीय जवान नरेन्द्रसिंह धामीको मृत्युु भएको हो।

Honor x7 pad

आज बिहान बझाङस्थित जयपृथ्वीबहादुर नगरपालिकाको सेती नदीमा सैनिक ब्यारेक नजिक गरिएको प्राकृतिक उद्धारसम्बन्धि नमुना अभ्यासका क्रममा बेहोस भएका जवान धामीको उपचार गर्नका लागि जिल्ला अस्पताल लगिएपनी उपचारका क्रममा मृत्यु भएको बझाङ प्रहरीले जानकारी दिएको छ।

केदास्यु गाउँपालिका-७ स्थायी घर भई हाल बझाङस्थित अनआश्रीत गुल्ममा कार्यरत जवान धामी आज सशस्त्र प्रहरी र नेपाली  सेनाले  गरेको प्राकृतिक विपद्  का बेला बाढीमा फसेका सर्वसाधारणको उद्धार नमुना अभ्यासका क्रममा बेहोस भएका थिए।

प्रहरीका अनुसार विपद्  व्यवस्थापनमा अब्बल मानिने जवान धामी पानीको भंगालोमा परेर बेहोस भएका थिए। विपद् व्यवस्थापनमा अनुभवी रहेका जवान धामीको मृत्यु भएको घटनामा सबै अचम्मित परेको प्रहरीले जानकारी दिएको छ।

 

 

 

 

 

 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १४:२६
प्रतिक्रिया दिनुहोस्