प्रतिनिधि सभामा सांसदहरुले बजेटमाथि उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री

बुधबार, जेठ २३, २०८१
Honor 600 pro

काठमाडौं । आज ११ बिहान ११ बजे प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८१-०८२  को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहनेछ ।

अर्थमन्त्री वर्षमान पुनले आ.व. २०८१-०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको उत्तर दिनेछन् । 

विनियोजन विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्माणार्थ प्रस्तुत गर्ने, अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक, २०८१ प्रस्तुत गर्ने, “राष्ट्र ऋण उठाउने विधेयक, २०८१” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्माणार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

साथै राष्ट्र ऋण उठाउने विधेयक, २०८१ प्रस्तुत गर्ने, “भन्सार महसुल विधेयक, २०८१” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, “भन्सार महसुल विधेयक, २०८१ प्रस्तुत गर्ने समेत कार्यतालिका रहेको छ।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  ०९:४२
प्रतिक्रिया दिनुहोस्