सशस्त्र प्रहरीले बरामद गर्‍यो हुण्डीको १ करोड १ लाख रुपैयाँ

आइतबार, जेठ २०, २०८१
Honor 600 pro

सुनसरी । सशस्त्र प्रहरीले श्रोत नखुलेको १ करोड १ लाख बरामद गरेको छ।

सुनसरी जिल्लाको हरिनगर गाउँपालिका-५ दुर्गा मन्दिरस्थित सशस्त्र प्रहरीको बसन्तपुर बिओपीको टोलीले गएराति घुस्की नाकाबाट हरिनगरतर्फ गइरहेको बा१६च ७६१३ नम्बर जिपमा बोराभित्र राखिएको १ करोड १ लाख रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सशस्त्र प्रहरीले बरामद गरेको रकमसँगै जिप र सुनसरी हरिनगर-५ का ३७ वर्षीय चालक ईसा अन्सारीलाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ।

करोडौं रकमसँगै पक्राउ परेका अन्सारीले श्रोत खुलाउन नसकेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

सशस्त्र प्रहरीले बरामद गरिएको १ करोड बढी रुपैयाँ , जिप र पक्राउ परेका अन्सारीलाई आबश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा पठाउने तयारी गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ। उक्त रकम हुण्डी कारोबारीको हुन सक्ने सशस्त्र प्रहरीको अनुमान रहेको छ।

 

 

 

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ०८:४६
प्रतिक्रिया दिनुहोस्