एसईईको रिजल्ट असारको दोस्रो हप्ता आउँदै

शुक्रबार, जेठ १८, २०८१
Honor 600 pro

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी असारको दोस्रो हप्ताभित्रै सार्वजनिक गर्ने तयारी गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाको उत्तरपुस्तिका जाँच गरिसकेर इन्ट्र्ी गर्ने कार्य भइरहेको जनाएको छ।

परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि सबै तयारी पूरा भइरहेको र असारकै दोस्रो हप्तामा नतिजा निकाल्ने बताएको हो।

गत चैत १५ देखि चैत २७ सम्म सन्चालन भएको एसईईमा देशभरबाट ५ लाख भन्दा बढी परीक्षार्थीले परीक्षा दिएका थिए।

असारको दोस्रो हप्ता आउने नतिजाको पुर्णाङ्क १०० र उत्रिणाङ्क ३५ रहेको छ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १६:२८
प्रतिक्रिया दिनुहोस्