विपक्षी गठबन्धनमा माधव नेपालको इन्ट्रीले मधेशबाट केन्द्रीय सत्ता गठबन्धनलाई धक्काको संकेत

बुधबार, जेठ १६, २०८१
प्रहरीको अनुरोध

काठमाडौँ । विपक्षी गठबन्धन माधवकुमार नेपालको इन्ट्री भाएको छ। मधेस सरकार टिकाउन विपक्षी दलहरु सक्रिय भएर लागेका छन् । त्यसमा सत्ता गठबन्धनको नेकपा एकीकृत समाजवादी पनि बैठकमा सहभागी भएसँगै मधेस सरकार विपक्षी गठबन्धनले लैजाने दावी गरिएको छ । 

Laxmi saraswati

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बुधबार बसेको बैठकमा माधवकुमार नेपालको नेकपा एसका नेता मेटमणि चौधरीसमेत सहभागी भएका थिए । 

यो समीकरण बन्दा मधेसमा विपक्षी दलहरुको दह्रो सरकार बन्ने देखिएको छ । मधेसमा रहेको १०७ सिटमध्ये एमालेको २३, कांग्रेसको २२, जसपा नेपालको १६, जनमत पार्टीको १३ सिट रहेको छ । त्यस्तै लोसपाको ९ सिट, माओवादी केन्द्रको ७ सिट र नेकपा एसको ७ सिट रहेको छ। राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले एक एक सिट पाएका छन् । मधेसमा ६ जना स्वतन्त्र उम्मेदवारले जितेका छन्। 

यसरी २२ कांग्रेस, १६ जसपा नेपाल, ९ लोसपा र ७ समाजवादीका मिलेर गठबन्धन अर्को सरकार बनाउन सफल हुने देखिएको छ । 

यसैबीच बैठकपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस सरकार जोगाउन प्रतिपक्षमा रहेका दलहरू एक ठाउँमा उभिने बताएका छन् । यादवले राष्ट्रिय राजनीतिमा पनि अब एकीकृत समाजवादीसहित प्रतिपक्ष दलहरू एकजुट भएर अघि बढ्ने बताए ।

यदि मधेसको यो रणनीति सफल भयो भने बागमती प्रदेशमा पनि नयाँ सरकार बन्न सक्ने सम्भावनासमेत देखिएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १९:४८
प्रतिक्रिया दिनुहोस्