प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

मंगलबार, असोज ६, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका प्रस्थान गरेका छन्।

प्रधानमन्त्री शाह मंगलबार साँझ कतार एयरवेजमार्फत न्यूयोर्कतर्फ प्रस्थान गरेका हुन्। उनले सेप्टेम्बर २४ अर्थात् असोज ८ गते महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ।

न्यूयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नेछन्। महासभामा नेपालको सहभागिता र विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल हुने बताइएको छ।

शाहसँग प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार र फोटोग्राफर विनय शाक्यलगायत सहभागी छन्।
प्रधानमन्त्री शाह असोज १० गते नेपाल फर्कने कार्यक्रम रहेको छ। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  २०:३४
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह