अर्थमन्त्री स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

मंगलबार, असोज ६, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्।

शाहको अनुपस्थितिमा सरकारको नेतृत्व सम्हाल्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलले वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन्। त्यसअघि शाहले वाग्लेलाई उक्त जिम्मेवारी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए। 

प्रधानमन्त्री शाह मंगलबार साँझ ७ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।

उनले संयुक्त राष्ट्रसंघको महासभामा असोज ८ गते सम्बोधन गर्नेछन्। महासभामा सहभागी भएर प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्कने तालिका रहेको छ।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  १५:१८
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह