दाङको कोइलावासमा बस पल्टियो, २५ यात्रु घाइते

बुधबार, जेठ १६, २०८१
honor mob  winter sales

दाङ । दाङको कोइलाबास नजिक बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका छन् ।

Honor x7 pad

जिल्लाको दक्षिणी भारतीय सीमावर्ती गढवा गाउँपालिकाको गढवा-कोइलाबास सडकको कोइलाबास नजिक पर्ने चिसापानीमा लमही आउँदै गरेको बस दुर्घटना भएको दाङ प्रहरीले जानकारी दिएको छ।

आज दिउँसो कोइलाबासबाट छटेको रा१ख ८३३ नम्बरको बस गढवा-५ चिसापानीमा दुर्घटना भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।  दुर्घटनामा घाइते भएका सबैलाई लमही पठाइसकेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार नियन्त्रणमा रहेका बस चालकले ओरालोमा ब्रेक फेल भएर बस पल्टिएको जानकारी दिएका छन् ।

 

 

 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्