अनलाइनबाटै कर चुक्ता प्रमाणपत्र

बुधबार, जेठ १६, २०८१
honor mob  winter sales

काठमाडौं । अबदेख अनलाइनबाटै कर चुक्ता प्रमाणपत्र लिन सकिने भएको छ।

Honor x7 pad

मंगलबार अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणमा पेश गरेको आर्थिक विधयेक २०८१ बाट अनलाइनबाटै कर चुक्ता प्रमाणपत्र लिन सकिने व्यवस्था गरिएको हो।

अनलाइन कर चुक्ता प्रमाणपत्र लिनलाई भने कर बक्यौता नभएको र सबै विवरण पेश गरिएको हुनुपर्ने भएको छ। यो सेवा लिन अनलाइनबाट क्युआर कोडसहित कर चुक्ता प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था आर्थिक विधयेकले गरेको हो।

हालसम्म कर चुक्ता प्रमाणपत्र लिन स्वयम् सेवाग्राही कर कार्यालयमा उपस्थित हुनैपर्ने प्रावधान रहदै आउँदा कर कार्यालयले प्रमाणपत्र दिन ढिलासुस्ती भएको गुनासो आईरहदा सरकारले सो व्यवस्था गरेको हो।

 

 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्