यसपाली स्तरउन्नति होला तुलसीपुरस्थित टरिगाउँ विमानस्थल?

बुधबार, जेठ १६, २०८१
Honor 600 pro

तुलसीपुर ।  दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको स्तरउन्नति हुने सम्भावना देखिएको छ।  सरकारले प्रस्तुत गरेको बजेट भाषणबाट टरिगाउँ विमानस्थलको स्तरउन्नति गरिने जनाएको हो।

तर, त्यसका लागि कति बजेट आवश्यक हो भन्ने बारेमा कुनै कुरा भने स्पष्ट उल्लेख गरिएको छैन ।  टरिगाउँ विमानस्थल बिस्तार गरिने कुरा अर्थमन्त्रीले उल्लेख गरेपनि त्यसबारे कति बजेट भन्ने कुरा उल्लेख छैन ।

यस अघिका बजेट भाषणमा पनि टरिगाउँ विमानस्थल  बिस्तारको कुरा प्रस्तुत हुँदै आएपनि हालसम्म भनिए अनुसार काम भएको थिएन । त्यसैले यसपाली पनि काम हुने हो वा होइन भन्ने अन्यौंलता कायमै रहेको सरोकार वालाहरु बताउँछन् ।

अर्थमन्त्री बर्षमान पुनले प्रस्तुत गरेको योजनामा दाङको टरिगाउँ विमानस्थल, रोल्पाको बडाचौर, जुम्ला, विराटनगर, धनगढी, सुर्खेत र नेपालगञ्ज विमानस्थल स्तरोन्नति गरिने  उल्लेख छ । त्यस्तै सरकारले पुराना बन्द आन्तरिक विमानस्थलहरु सहासिक खेलको लागि प्रयोगमा ल्याउने उल्लेख गरेको छ ।

सञ्चालनमा नरहेको बलेवा, मनि डाँडा, मनाङ, रूम्जाछार, वैतडी जस्ता आन्तरिक विमानस्थललाई निजी क्षेत्रको सहकार्यमा प्याराग्लाङडिङ, स्काइडाइभिङ लगायतका स्थलको रुपमा विकास गरिने उल्लेख गरिएको छ।

सरकारले बजेट भाषण मार्फतबाट पर्यटन क्षेत्रको लागि ११ अर्ब ९१ करोड विनियोजन गरेको छ भने नागरिक उड्डयन पूर्वाधारको लागि ३ अर्ब ७७ करोड विनियोजन गरेको उल्लेख गरेको छ।

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १०:५३
प्रतिक्रिया दिनुहोस्