के आजै बन्लान् त सुरेन्द्र पाण्डे गण्डकीको मुख्यमन्त्री?

बुधबार, जेठ १६, २०८१
Honor 600 pro

पोखरा । सर्वोच्च अदालतको परमादेश पछि गण्डकी सरकारको मुख्यमन्त्रीमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले शपथ लिदैँछन्।

सर्वोच्चले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीलाई बर्खास्त गर्दै ठुलो दल कांग्रेसबाट पाण्डेलाई मुख्यमन्त्री बनाउने परमादेशको यतिबेला गण्डकी प्रदेश सभाले पत्र कुर्दै बसिरहेको छ।

सोमबार राति सर्वोच्च अदालतले परमादेश दिएको संक्षिप्त पाठ सार्वजनिक गरेपनि हिजो देशभर सार्वजनिक बिदा रहेकाले आज मात्रै सर्वोच्चबाट पत्र जाने बताइएको छ।

आज पत्र पुगे पश्चात् पाण्डेलाई शपथ गराउने प्रदेश सभाले तयारी गरेको बताएको छ। तर शपथ कति बजे हुने भन्ने बारेमा अझै केही भन्न नसकिएको प्रदेश सभाले जनाएको छ।

 

 

 

 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १०:२४
प्रतिक्रिया दिनुहोस्