मकवानपुरमा दुईवटा ट्रक ठोक्किँदा जलेर नष्ट

शनिबार, असार २३, २०८०
honor mob  winter sales

हेटौंडा ।  मकवानपुरमा दुईवटा ट्रक ठोक्किँएर  आगलागी भएका छन् । 

Honor x7 pad

मनहरी गाउँपालिकामा -६ नयाँ बस्तीको डिपाट गाउँस्थित पूर्वपश्चिम राजमार्गमा आज  बिहान  पौने २ बजे विपरीत दिशाबाट आएका दुईवटा ट्रक ठोक्किएर दुर्घटना भएको प्रहरीले बताएको छ। 

प्रहरीका अनुसार हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना.६ ख ६६६७ नम्बरको ट्रक र पश्चिम् तर्फबाट जादै  गरेको ना.६ ख ६३१ नम्बरको ट्रक एक आपसमा ठक्किएर खाएर दुर्घटना भएको हो। दुर्घटनामा परेका दुवै ट्रकमा आगलागी भएको थियो। आगलागी हुँदा दुवै ट्रक पूर्णरूपमा जलेर क्षतिग्रस्त भएका छन्।

दुर्घटनामा ना.६ ख ६६६७ नम्बरको ट्रकमा सवार चितवनस्थित  राप्ति–३ का ३५ वर्षीय विवेक तमाङ र ना.६ ख ६३१ नम्बरका ट्रक चालक मनहरी–३ का ३२ वर्षीय अर्जुन कुमार प्रजा घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

आगलागी भएका दुबै ट्रक जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जानकारी दिएको छ। 

 

 

 

प्रकाशित मिति: शनिबार, असार २३, २०८०  ०८:५५
प्रतिक्रिया दिनुहोस्