नारायणगढ-बुटवल सडकखण्ड भासिँदा राजमार्ग बन्द

मंगलबार, जेठ १५, २०८१
honor mob  winter sales

कावासोती। नवलपरासी ( बर्दघाट-सुस्तापूर्व) स्थिर महेन्द्र राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध भएको छ।

Honor x7 pad

वर्षाका कारण सडक भासिँदा उक्त सडकखण्ड अवरुद्ध बन्न पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी(  बर्दघाट-सुस्तापूर्व) जनाएको छ। सोमबार साँझदेखि परेको अविरल वर्षाले गैंडाकोट-९ थुम्सी जंगलमा रहेको मुख्य सडक भासिँदा राजमार्ग अवरुद्ध भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ। अहिले निर्माणाधीन उक्त सडकखण्ड भासिँदा राजमार्ग पूर्ण रुपमा बन्द भएको छ।

दाउन्ने हुँदै पूर्वतर्फ जाँदै गरेको लु१ख ८५१३ नम्बरको बस चालक एक्कासी भासिँएको सडक नदेख्दा अकस्मात ब्रेक लगाउदा अर्को बसमा ठोक्किँदा बसमा सवार ८ जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ।

अहिले सडकलाई एकतर्फी खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  ०९:००
प्रतिक्रिया दिनुहोस्