बजेट भाषणअघि आज कांग्रेससहित विपक्षी दलको बैठक बस्दै

मंगलबार, जेठ १५, २०८१
Honor 600 pro

काठमाडौं । आज बजेट आउने दिन। बजेट आउनुअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउकाको आह्वानमा कांग्रेससहित विपक्षी दलको संयुक्त बैठक बस्दैछ। 

सरकारले आज बजेट ल्याउने तयारी गरिरहेका बेला कांग्रेसले आज बिहान ११ बजे विपक्षी दलहरुको संयुक्त नयाँ रणनीति तय गर्न कांग्रेसले विपक्षी दलहरुको बैठक डाकेका हुन् । 

बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ । बैठकमा कांग्रेससहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी पार्टी , जनता समाजवादी पार्टी नेपाल,र राष्ट्रिय जनमोर्चा सहभागी हुनेछन् ।

कांग्रेसले पछिल्लो समय सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय समिति गठन गर्न माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  ०६:५३
प्रतिक्रिया दिनुहोस्