डुबान रोक्न कोशीको ढोका खोल्ने विषयमा दुबै देशबीच समन्वय जरुरी: सशस्त्र प्रहरी प्रमुख

सोमबार, जेठ १४, २०८१
प्रहरीको अनुरोध

काठमाडौं । मनसुनजन्य डुबान रोक्नको लागि कोशीको ढोका खोल्ने विषयमा नेपाल-भारतबीच समन्वय गर्न जरुरी रहेको सशस्त्र प्रहरी बल,नेपालका प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले बताएका छन् । 

Laxmi saraswati

आईजेपी अर्यालले आज सिंहदरबारस्थित गृह मन्त्रालयमा मनसुन सम्बन्धी विपद् जोखिम सम्बन्धी सरोकारवालहरूसँगको छलफलमा बोल्दै सिँचाइ, स्वास्थ्य र परराष्ट्र सचिव स्तरीय दुवै देशबीच समन्वय गरी कोशीमा ३ मिली क्युसेक भन्दा माथि पानी पुगेपछि कोशीको ढोका खोल्ने गरी समझदारी समयमा नै गर्नु जरुरी रहेको बताए । 

अर्यालले दुवै देशबीच कोशी ब्यारेजको ढोका खोल्ने समझदारी नहुँदा तराईमा धेरै डुबानमा परेर मानिसहरूले ज्यान गुमाउनुपर्ने अवस्था आएको उल्लेख गरे । उनले अहिलेसम्म दुबै पक्षबीच समन्वय र समझदारी नदेखिएको बताए । महानिरीक्षक अर्यालले त्यसको समन्वय परराष्ट्र मन्त्रालयले गर्न आवश्यक रहेको बताए । उनले बाढी पहिरो जस्ता जोखिमको उद्धारको लागि हेबी इक्युमेण्टहरु सरकारसँग भए पनि सुरक्षा निकायहरूसँग जोडिन  नहुने बताए । 

हेबी सवारी साधनहरू सुरक्षा निकायलाई दिए उद्धारमा आफैँ सवारी चालक राखेर सञ्चालन गर्ने बताए । उनले बाढी पहिरोको कारण काठमाडौं आउने मुख्य राजमार्ग दुई दिनसम्म बन्द हुने अवस्था आउन दिने गरी सहजिकरण गर्ने तयारी गर्न आवश्यक रहेको आईजीपी अर्यालले बताए ।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १९:०६
प्रतिक्रिया दिनुहोस्