सदस्यताको विषयलाई लिएर केन्द्रीय सदस्यहरुले गरे पत्रकार महासंघमा तालाबन्दी

आइतबार, जेठ १३, २०८१

काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यहरुले नै केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । महासंघका केन्द्रीय सदस्यहरुले जेठ २६ गते हुने निर्वाचनको मुखमा सदस्यताको विषयलाई लिएर केन्द्रीय अध्यक्ष, महासचिव, पदाधिकारी र निर्वाचन समितिको कक्षमा आज तालाबन्दी गरेका हुन् ।

Honor x7 pad

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडाले महासंघका अध्यक्ष, महासचिव लगायत पदाधिकारीले केन्द्रीय समितिका सदस्यहरु, संगठन समिति र शुद्धीकरण कार्यदललाई छल्दै विद्यान मिचेर गलत तरिकाबाट सदस्यहरुको नामावली सूचीलाई अन्तिम रुप दिन खोजेकोले बाध्य भएर पहिलो चरणमा तालाबन्दी गरेको बताए।

क्रियाशिल पत्रकारको नाम नवीकरण सूचीबाट हटाइएको  गलत प्रक्रियाको कदापि स्विकार नगर्ने बताउँदै केन्द्रीय समिति भित्रैबाट विरोध स्वरुप केन्द्रीय सदस्यहरुले सुरु गरेको यो कदमलाई कमजोर नठान्न खतिवडाले चेतावनी दिएका छन् । 

जेठ २६ गते हुने निर्वाचनका लागि क्रियाशिल पत्रकारहरुको नाम सूचीबाट हटाएको हुँदा नेपाली  पत्रकार जगतमा पनि विरोध हुँदै आइरहेको छ।

 

 

 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १७:४९
प्रतिक्रिया दिनुहोस्