त्रिभुवन विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ

शुक्रबार, जेठ ११, २०८१
honor mob  winter sales

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको लेपन लगाइएको कपडासहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

Honor x7 pad

विमानस्थल प्रहरीले आज दिउँसो ३९ वर्षीय भारतीय नागरिक नवीन हरिशलाल गोक्लानीलाई सुनको लेपनको कपडासहित विमानस्थलबाट पक्राउ गरेको जानकारी दिएको छ ।

आज दिउँसो दुबईबाट काठमाडौं अवतरण भएका नवीनलाई विमानस्थलको आगमन गेटबाट प्रहरीले पक्राउ गरेको हो। नियन्त्रणमा लिएर नवीनलाई एक्सरे मेसिनमा स्क्यानिङ गर्दा उनले लगाएको जिन्स पाइन्टमा लेपन गरिएको सुन फेला परेको थियो।

विमानस्थल प्रहरीका अनुसार नवीनले लगाएको जिन्स पाइन्टसहित लेपन गरिएको सुनको तौल १२ सय ग्राम रहेको छ। उनीबाट प्रहरीले ४० ग्राम बराबरको सुनको सिक्रीसमेत बरामद गरेको जनाएको छ। नवीनलाई आबश्यक अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बुझाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १८:४०
प्रतिक्रिया दिनुहोस्