कालाबन्जार जङ्गलबाट अटोरिक्सासहित १ क्विन्टल गाँजा बरामद

मंगलबार, जेठ ८, २०८१
प्रहरीको अनुरोध

सुनसरी । सशस्त्र प्रहरीले सुनसरीबाट करिब १ सय पाँच किलो गाँजा बरामद भएको छ ।

Laxmi saraswati

सशस्त्रको टोलीले सोमबार साँझ ७ः०० बजे बराहक्षेत्र नगरपालिका(५ स्थित धरान कालाबन्जारको भित्री सडक खण्डबाट गाँजा बरामद गरेको हो । 

सुरक्षा बेस चतराबाट खटिएको मोबाइल गस्तीको टोलीले विशाल चोकबाट कालाबन्जारको जङ्गलतर्फ आउदैँ गरेको अटो नियन्त्रणमा लिइ जाँच गर्दा गाँजा फेला परेपछि बरामद गरेको जिल्ला प्रहरीका डिएसपी शैलेन्द्र थापाले बताए । 

उनका अनुसार १ ह ६७४२ नं. को अटोलाई शंका लागि चेकजाँच गर्ने क्रममा चार वटा पोकामा  प्रतिबन्धित लागू औषध गाँजा फेला परेको हो ।  यसअघि पनि सुनसरीबाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा गाँजा बरामद गरेको थियो।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ०७:५२
प्रतिक्रिया दिनुहोस्