बर्दियामा भन्सारका कर्मचारी र घुमुवा प्रहरीको पैसा असुली आतंक बन्द गर्न चेतावनी

बिहीबार, जेठ ३, २०८१
honor mob  winter sales

बर्दिया । उद्योग वाणिज्य संघ बर्दियाले भन्सार कार्यालयका कर्मचारी र जिल्ला प्रहरी बर्दियाका घुमुवा प्रहरीको आतंक  तत्काल बन्द गर्न चेतावनी दिएको छ।

Honor x7 pad

बर्दियास्थित गुलरिया नगरभित्र रहेको राजापुर छोटी भन्सार भन्दा पारिका वडा नम्बर ८,९ र १० का स्थानीयले स्थानीयस्तरमै उत्पादन गरेको तरकारी लगायत खाद्य बास्तुहरु गुलरिया बजार ल्याउदा भन्सारका कर्मचारी र घुमुवा प्रहरीको हस्तक्षेप बन्द गर्न उद्याेग वाणिज्य संघ बर्दियाले विज्ञप्ति जारी गर्दै चेतावनी दिएको छ।

अब उपरान्त यस्ता कार्य गरिने कडा रुपमा प्रस्तुत हुने भन्दै बर्दियाभरका सम्पुर्ण व्यापार व्यवसाय बन्द गर्ने चेतावनी दिएको छ।

के भन्छ बर्दिया उद्योग वाणिज्य संघ ?

• गुलरिया नगरपालिका भित्र रहको राजापुर छोटी भन्सार भन्दा पारिका वडाहरु वडा नं. ८,९ र १० का वडा बासीले स्थानिय स्तरमा उत्पादित तरकारी जन्य खाद्यन्न वस्तुहरु गुलरिया बजार ल्याउदा भन्सार कार्यालयका कर्मचारी तथा घुमुवा प्रहरीले हस्तक्षेप गर्ने कार्य बन्द गरियोस् ।

• बजार क्षेत्र भित्र घुमुवा प्रहरीले सामान खान तलासीको नाममा अनावश्यक रुपमा व्यापारीहरुलाई धरपकड तथा दुःख दिने कार्य बन्द गरियोस् ।

• लौकाही र बलईगाँउ जस्ता सिमा संग जोडिएका भारतिय बजार बाट अवैध सामान ल्याए वपात प्रति साईकल रु १०० र रिक्साको रु.२०० लिई छोड्ने कार्य सुनिना आएकोले सो कार्य पूर्ण रुपमा बन्द गरियोस् ।

• किसानले पाली आएको खसी बाखा गाई, गोरु रांगा, भैसी सम्बन्धीत वडा कार्यालयको सिफारिस लिई आउदा समेत वीच वाटोमा नै पक्राउ गरी लिलाम प्रकृयाका लागि कार्यालय पठाउने कार्य बन्द गरियोस् ।

• नगरभित्र दिनहु जसो बढ्‌दो चोरी निर्मुल गर्नको लागी रात्रीकालिन गस्ती प्रभावकारी बनाईयोस् ।

• मिति २०८१-०२-०२ गते गुलरिया नगरपालिका बजारमा रहेको राजापुर छोटी भन्सार कार्यालयले कानुनी प्रकृया पुरा गरी लिलाम गरेको सामान व्यापारीले काबुल गरेको रकम बाट प्रज्ञापन पत्र सहित सामान लिई आउदा सिभिल प्रहरीले पकाउ तथा धरपकड गरी कानुन विपरित प्रज्ञापन पत्र च्याती अपशब्द वाक्य प्रयोग गरी व्यापारी लाई दुःख दिने सिभिल प्रहरीहरुलाई कारबाही गरियोस् ।

• हाम्रो जाएज माग लाई यथाशिघ्रा सम्बोधन भएन भने बर्दिया जिल्लाभरीका सम्पुर्ण व्यापार व्यवसायी अनिश्चित कालीनको लागि बजार बन्द गरिने छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्