सशस्त्र प्रहरीका दुई एसपी विभागीय कारबाहीका लागि सिफारिस

बुधबार, जेठ २, २०८१
honor mob  winter sales

काठमाडौं । सशस्त्र प्रहरी बलका दुई जना उपरीक्षक (एसपी)लाई विभागीय कारबाही हुने भएको छ। सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा भएको आगलागी घटनाको सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल र गृह मन्त्रालयका सहसचिव भरतमणि पाण्डेको छानबिन समितिले  सुरक्षा कमजोरी रहेको निष्कर्ष निकालेको हो।

Honor x7 pad

छानबिन समितिले सशस्त्र प्रहरी बल नं.९ पशुपति बाहिनीका एसपी अर्जुन खत्री र भण्डारण महाशाखाका एसपी राजेन्द्र श्रेष्ठलाई स्पष्टीकरण सोधिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

उक्त घटनामा कमजोरी रहेको भन्दै दुई एसपीसहित ७ जनालाई विभागीय कारबाहीको सिफारिस भएको हो।छानबिन समितिले निकालेको निष्कर्षमा आगलागी हुनासाथ त्यसबाट आएको गन्ध र धुवाँ आएपनि तत्काल रेस्पोन्स गर्न नसकेको ठुलो कमजोरी देखिएको छ।

यस्तै आगलागी घटनामा केन्द्रीय स्टोरको सुरक्षाको जिम्मेवारी लिएको पशुपति बाहिनीको कमजोरी देखिएको निष्कर्ष निकाल्दै छानबिन समितिले आगलागी हुनासाथ तत्काल समन्वय गरेर ढोका खोलेर निभाएको भए ठुलो क्षति हुनबाट जोगिने निष्कर्ष निकालेको छ।

छानबिन समितिमा संलग्न कर्मचारीहरुले भने-" केन्द्रीय स्टोरमा ड्युटीमा रहेका सशस्त्र प्रहरी कर्मचारी र भण्डारण महाशाखाका कमाण्डरको कमजोरी देखिएको छ।"

यसअघि आन्तरिक छानबिन समितिले भण्डारण महाशाखाका ७  सुरक्षाकर्मी र पशुपति बाहिनीका ११  जनामाथि  छानबिन गर्दा १८ मध्ये गल्ती देखिएका २ एसपीसहित ७ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको हो।

 

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १७:०३
प्रतिक्रिया दिनुहोस्