त्रिभुवन विमानस्थलबाट कपडामा लेपन गरिएको सुनसहित भारतीय नागरिक पक्राउ

सोमबार, वैशाख ३१, २०८१
honor mob  winter sales

काठमाडौं । कपडामा लेपन गरिएको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

Honor x7 pad

दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएका ती भारतीय नागरिकले कपडाभित्र लेपेन गरेर ल्याएको सुन ५ किलो एक सय ग्राम सुन बरामद गरेको विमानस्थल प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार पक्राउ परेका भारतीय नागरिकले हुडी, अन्डरवेयर र पाइन्टमा लेपन गरेर ल्याइएको सुनसहितको कपडाको तौल ५ किलो मापन गरिए पनि सुन छुट्टयाएपछि मात्रै एकिन तौल मापन हुने  प्रहरीले जानकारी दिएको छ।

आइतबार साँझ फ्लाई दुबईबाट विमानस्थल अवतरण गरेका भारतीय नागरिकहरु भन्सार जाँचपास पार गरेपछि उनीहरुको नियन्त्रणमा लिएर अनुसन्धान सुरु गर्दा उक्त लेपन गरिएको सुन बरामद भएको प्रहरीले जनाएको छ।

 

 

 

 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १०:२५
प्रतिक्रिया दिनुहोस्