विद्यार्थी लिन गएको स्कुल बसमा अज्ञात समूहले गर्यो आगजनी

आइतबार, वैशाख ३०, २०८१
honor २२ sept

चितवन । चितवनमा स्कुल बसमा अज्ञात समूहले आगजनी गरेको छ। आज बिहान भरतपुर महानगरपालिका-२६ को ददेनीमा विद्यार्थी लिनका लागि गएको कल्याणपुरमा रहेको स्मल हेभेन स्कुललको बसमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जानकारी दिएको छ।

X7D

प्रहरीका अनुसार आज बिहान स्कुलबाट विद्यार्थी लिनका लागि गएको बागमती प्रदेश०६ ००१ क ००४५ नम्बरको स्मल हेभेनको स्कुल बसमा तीनवटा मोटरसाइकलमा आएका ६ जनाको अज्ञात समूहले पेट्रोल छर्केर आगजनी गरेको हो। आगजनीबाट स्कुल बस पुर्ण रुपले जलेको छ।

बसमा आगजनी गरेको अज्ञात समूहले बसका सहचालकको मोबाइलसमेत लूटेर लगेको र उक्त अज्ञात समूहले हामीले कारबाही गर्छौ भनेका थियौं र आज गरियो भनेर सहचालकलाई भनेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले बसमा आगजनी गरेर फरार रहेको उक्त ६ जनाको अज्ञात समूहको खोजीकार्य सुरु गरेको छ।

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १०:५३
प्रतिक्रिया दिनुहोस्