अवैध तस्करी गर्न प्रहरीविरुद्ध सुराकी, सुराकी खर्च ५ सय रुपैयाँ

आइतबार, वैशाख ३०, २०८१
Honor 600 pro

कैलाली । अवैध तस्करी गर्नका लागि सुराकी राखिएको पाइएको छ। तस्करहरुले भारतबाट अवैध तस्कर गर्न प्रहरीको निगरानी गर्न सुराकी खटाइका व्यक्ति नै पक्राउ परेपछि सो कुरा बाहिर आएको हो।

कैलालीको धनगढी उपमहानगरपालिका-७  मनोहराका बुद्धिराम चौधरीलाई कैलाली प्रहरीले पक्राउ गरेपछि प्रहरीविरुद्ध नै सुराकी गर्ने गरेको रहस्य बाहिरिएको हो।

तस्करहरुले उनलाई प्रहरीको स्थान र प्रहरीको गतिविधिका बारेमा निगरानी गर्न राखेका थिए। सो बापत उनले प्रत्येक पटक ५ सय रुपैयाँ पाउने गरेको प्रहरीले जानकारी दिएको छ।  लामो समयदेखि प्रहरीले निगरानी उनलाई पक्राउ गर्न सफल भएको जनाएको छ।

प्रहरीले उनलाई राष्ट्रसेवक कर्मचारीको काममा बाधा पुर्याएको कसुरमा मुद्धा चलाएको जनाएको छ।

 

 

 

 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ०९:०१
प्रतिक्रिया दिनुहोस्