गणेश बस्नेतलाई साइबर क्राइममा फसाउन लागिएको भन्दै पत्रकारहरु गृहमन्त्रीविरुद्ध आन्दोलनमा

शनिबार, साउन ६, २०८०

काठमाडौं । पत्रकारहरु उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठविरुद्ध आन्दोलनमा उत्रन लागेका छन्। 

Honor x7 pad

नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई ‘साइबर क्राइम’को मुद्धामा गृहमन्त्रीले फसाउन लागेको भन्दै पत्रकारहरु आन्दोलनमा उत्रन लागेका हुन् । 

पत्रकार बस्नेतमाथि गृहमन्त्री श्रेष्ठका सचिवालय सदस्य कमल गिरीले प्रहरीमा उजुरी गरेपछि अहिले चौतर्फी विरोध भइरहेको छ । नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, समाजवादी प्रेस संगठन प्रेस चौतारी नेपालसहित देशैभरका जिल्ला शाखाहरुले प्रेस विज्ञप्ति निकालेर बस्नेतमाथि मुद्धा चलाउने गृहमन्त्री श्रेष्ठको सचिवालयका प्रयास ‘प्रेस स्वतन्त्रता विरोधी’ हर्कत भन्दै विरोध जनाएका छन् ।

गृह मन्त्रालयको सचिवालयले हालेको उजुरीपछि साइबर ब्यूरोबाट फोन आएपछि त्यसलाई अस्वीकार गर्ने प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डेले बताएका छन् ।

उनले हिजो सामाजिक संजालमा लेखिएको स्टाटसमा भनिएको छ,  ‘हाम्रो संगठन प्रेस चौतारी नेपालका आदरणीय अध्यक्ष गणेश बस्नेतलाई केहीबेर अघि साइबर ब्यूरोबाट फोन आएको छ । उहाँलाई साइबर ब्युरोमा उपस्थित हुन भनिएको छ तर गणेश बस्नेत कुनै ब्यूरोमा जानुहुन्न र भागेर पनि कहीँ जानुहुन्न । उहाँसहित हामी ७७ जिल्लाका ७ हजार प्रेस चौतारीका सदस्य गिरफ्तारी दिन तयार छौँ । सरकारले हामीलाई गिरफ्तार गरोस् । हामी हाँसीहाँसी जेल जान तयार छौँ ।’ 

उनले अगाडि लेखेका छन्, ‘ ‘याद रहोस्, आफ्नै सरकारले ल्याएको सञ्चार विधेयकविरुद्ध सडकमा जाने प्रेस चौतारी र यसको नेतृत्व गणेश बस्नेत हो ।’ 

चौतारीका अध्यक्ष बस्नेतले १ क्विन्टल सुन बरामद प्रकरणमा गृहमन्त्रीको नाम मुछेको भन्दै ब्युरोमा उजुरी परेको हो।

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १०:५३
प्रतिक्रिया दिनुहोस्