बाल मन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी

बिहीबार, वैशाख २७, २०८१
honor २२ sept

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनकी तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जीको अनुमति लिएको छ ।

X7D

करिब २७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी वैद्यसहित २० जनाविरुद्ध प्रहरीको सीआईबीले आज काठमाडौँ जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी लिएको हो।आन्तरिक र पुराना प्रतिवेदनमा बालमन्दिरको जग्गा हिनामिना भएको देखिएपछि अनुसन्धानका लागि भन्दै  नेपाल बाल संगठनले सीआईबीमा जाहेरी दिएपछि आरोपितविरुद्ध ठगीको कसूरमा अनुसन्धान शुरु भएको छ। 

२०४९ देखि साढे २ दशकसम्म बाल संगठनको अध्यक्ष रहँदा वैद्य र उनको कार्यसमितिका पदाधिकारी एवं कर्मचारीको मिलेमतोमा बाल मन्दिरको जग्गा हिनामिना गरिएको देखिएको थियो ।

पछिल्लो पटक २०७२ सालमा सव लिज सम्झौता गरी वैद्यले बृहस्पतिसँग पहिले भएको लिज अवधि १६ वर्ष बाँकी छँदै थप ४३ वर्षका लागि बाल मन्दिरको जग्गा सुम्पिएको आरोप लागेको छ ।

बृहस्पतिलाई जग्गा लिजमा दिएबापत संगठनले वार्षिक ९० लाख रुपैयाँ भाडा पाउने गरी सम्झौता भएको थियो। त्यसपछि बृहस्पतिले लिजमा जग्गा लिएपछि ५ रोपनीमा भारतीय बोर्डबाट सञ्चालित ‘राय स्कुल’ लाई सब लिज दिएर वार्षिक ६० लाख असुल्दै आएको छ । 

वैद्य गणेशमान सिंहकी छोरी र हालका कांग्रेस नेता प्रकाशमान सिंहकी दिदी पनि हुन्। 

काठमाडौं जिल्ला अदालतले उक्त प्रकरणमा  गणेश भक्त श्रेष्ठ, तुलसी नारायण श्रेष्ठ, सुमन शाक्य, कृष्ण शंकर शाह, श्याम कुमार आले, सुवास कुमार पोखरेल, गोपाल श्रेष्ठ, प्रचण्ड राज प्रधान, रामकाजी कोने र  योगेन्द्र बहादुर शाही,

दिपक दास श्रेष्ठ, चिरञ्जिवि तिवारी, प्रविण राज जोशी, मुरारी निधी तिवारी, पुरुषोत्तम राज जोशी, श्रद्धा सेढाईं, अमिन सिंहानिया, सिद्धार्थ केडीया र किर्ति प्रसाद पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

 

 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १५:४९
प्रतिक्रिया दिनुहोस्